गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
नुवाकोटका नवराज तामाङ ट्याक्सी चालक हुन् । काठमाडौं रानीबारीका लालेन्द्र शेरचन्दको घरमा डकैत गरेको आरोपमा उनीसहित केहीलाई प्रहरीले पक्राउ गरेको थियो । चैत २६ मा डकैत घटना भएको हो । उनीहरुलाई त्यही आरोपमा तुरुन्तै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ गरेपछि तामाङलाई निर्ममतापूर्वक कुटपिट गरिएको तस्वीर प्राप्त भएको छ । हत्गडी लगाएको अवस्थामा शरीरभर निलडाम हुने गरी पिटिएका तामाङलाई जर्वजस्ती घटनामा संलग्नताको स्वीकार गर्न लगाईएको उनीहरुका आफन्तले बताएका छन् ।
डिएसपी रुगम कुँवर र सई दिपेन्द्र चन्दले तामाङलाई अमानवीय ढंगले लाठीले हानेको पीडित पक्षको भनाई छ । बिगतमा भक्तपुरमा बालक अपहरण गरेको आरोप लागेका कामदारलाई ईन्काउन्टरको नाममा गोली हानेको आरोप पनि डिएसी कुँवरलाई लागेको छ । केही पहिले हेटौंडामा मादक पदार्थ सेवनमा भएको झडपमा कपडा छोडेर भागेका बेला परिचयपत्रसमेत सई चन्दको भेटिएको थियो । तर, यस बिषयमा कुनै कार्वाही भएन ।
यस बिषयमा प्रहरीले भने आवश्यक अनुसन्धानपछि मात्र प्रतिकृया दिने बतायो । यसरी यातना दिने प्रहरीलाई यातना तथा क्षतिपूर्ति ऐन अन्तर्गत कार्वाही हुने कानुनी प्रावधान छ । यस बिषयमा मानव अधिकार आयोगले पनि अनुसन्धान गर्ने भएको छ ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
पोखरा-१५ मा चार दिने आधारभूत प्राथमिक उपचार तालिम सुरू
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
यो पनि पढौँ
अपडेट: मृतक तनहुँका मनोज भुजेल, स्याङ्जाका ट्याक्टर चालक र सहचालक पक्राउ
पोखरामा होटलको छतबाट खसेर बुटवलकी महिलाको मृत्यु
पोखराको वन क्याम्पस नजिकै सडकमा युवकको हत्या
वन विज्ञान क्याम्पस क्षेत्रका स्थानीय भन्छन्ः घटना राति नै भएको हुनसक्छ