बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि बाबुरामले भने : भ्रष्टाचारको जरो उखेल्नु पर्छ

बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि बाबुरामले भने : भ्रष्टाचारको जरो उखेल्नु पर्छ

Baburam bhatarai

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलेललिता निवास प्रकरणमा गलत निर्णय भयो भन्ने विषयलाई गम्भीरतापूर्वक छानबिन गरी भ्रष्टाचारको जरो उखेल्न आग्रह गरेका छन् । सोमबार संसद बैठकमा संबोधन गर्दै भट्टराईले सत्तारुढ दल र प्रतिपक्षी दल सबैमाथि भ्रष्टाचारको औंला उठेकाले एक अर्काको कोटमा बल फ्याकेर मात्रै समस्या समाधान नहुने प्रस्टाएमा छन् ।

‘नियतमात्र ठीक भएर हुँदो रहनेछ, हाम्रो संस्थाहरु कति बेकम्मा रहेछ ?’ उनले भने ‘नियतवश संलग्नता देखियो भने म दण्ड स्वीकार्न तयार छु । भ्रष्टाचारको जरो उखेल्नु पर्छ ।’

ललिता निवासको जग्गामा एक अर्कालाई आरोप प्रत्यारोप गरेर मात्र समस्या समाधान नहुने भन्दै यस विषयमा गम्भीरतापूर्वक छानबिन गर्नुपर्ने उनको भनाइ छ ।

उनले अघि भने ‘व्यक्तिगत रुपमा जति स्वच्छ रहे पनि भ्रष्टाचार रोकिदैन भन्ने कुरा वाइड बडी प्रकरण, बुढीगण्डकी, तारागाउँ होटल र ललिता निवासले देखाएको छ, भ्रष्टाचारको जरासम्म पुगेर हामी कसैले गल्ती गरेका रहेछौं भने कारबाही होस् ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ