जंगली हात्तीको आक्रमणबाट १ सय ३७ जनाको मृत्यु

जंगली हात्तीको आक्रमणबाट १ सय ३७ जनाको मृत्यु

jungle elephant

पोखरा । नेपालमा १५ बर्ष भित्रै जंगली हात्तिको आक्रमणबाट १ सय ३७ जनाले ज्यान गुमाएका छन् । जंगली हात्ती संरक्षणका लागि निर्माण गर्न लागिएको कार्ययोजनाको सुझाव संकलन गर्न चितवनको सौराहामा आयोजित छलफलमा जंगली हात्तीको आक्रमणबाट १ सय ३७ जनाको ज्यान गएको तथ्यांक सार्वजनिक गरिएको हो ।

जंगली हात्तीको आंतक सबैभन्दा बढी बर्दियामा भएको छ । बर्दियामा १५ वर्षको अवधिमा ३५ जनाले ज्यान गुमाएको पर्सा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए ।

त्यस्तै झापामा २८ जनाले ज्यान गुमाउँदा चितवनमा ११ जनाले जंगली हात्तीको आक्रमणमा ज्यान गुमाएका छन् । सप्तरी र सिरहामा पनि ११–११ जनाको मृत्यु भएको तथ्यांक छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ