माइक्रोसँग ठोक्किएको मोटरसाइकल ट्रकको चक्कामा, २ को मृत्यु

माइक्रोसँग ठोक्किएको मोटरसाइकल ट्रकको चक्कामा, २ को मृत्यु

धादिङ । धादिङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धादिङको गल्छी गाउँपालिकामा दुर्घटना हुँदा चन्द्रागिरी ५ का दुई जनाको मृत्यु भएको हो । चन्द्रागिरी नगरपालिका ५ काठमाडौंका २९ वर्षीय राज महर्जन र ३० वर्षीय कविकुमार महर्जनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

बुधबार दिउँसो चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ९७ प २५३८ नम्बरको मोटरसाइकल काठमाडौंबाट नवलपरासीतर्फ जाँदै गरेको बा ४ ख ९१०३ नम्बरको माइक्रो बससँग ठोक्किएको हो । त्यसपश्चात अनियन्त्रित भएको मोटरसाइकललाई चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको ना ६ ख ५६१४ नम्बरको ट्रकले किचेको प्रहरीले जनाएको छ । हा

ल दुबै शव पोष्टमार्टमको लागि प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा राखिएको उनले जनाए । माइक्रोबस र ट्रक चालक दुबैलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ