झापामा बुवालाई चितामा चढाएपछि अंश विवाद भएर घाटमै दाजुभाइबीच कुटाकुट ! (भिडियो)

झापामा बुवालाई चितामा चढाएपछि अंश विवाद भएर घाटमै दाजुभाइबीच कुटाकुट ! (भिडियो)

Jhapa-malami-kutakut

 पोखरा । भनिन्छ नि, मानिसको जन्म÷मृत्यु एक पटक मात्रै हुन्छ । हरेक मानिसको जन्ममा सबैले खुसिको उत्सव मनाउँछन् भने मृत्युमा शोक । मानिसको मृत्यु भएपछि उसको परीवार, आफन्त तथा गाउँ शोकमग्न हुने गर्छ । तर, झापाको कमल गाउँपालिका वडा नम्बर १ मा भने बुवालाई चितामा चढाएपछि अंश विवादमा घाटमै दाजुभाइबीच कुटाकुट भएको छ ।

मंगलबार बिहान ८५ बर्षिय मृतक रघुनन्द गौतमको दाहसंस्कार स्थलमै अंश विवादले कुटाकुटको गरेका हुन् । मंगलबार बिहान ८५ वर्षको उमेरमा रघुनन्द गौतमको मृत्यु भयो । गौतम काइँला छोरासँग दमकमा बस्ने गर्थे । करिब एक वर्षअघि बिरामीले थलिएका गौतम साइँला छोरा नरेन्द्र गौतमसँग कमल गाउँपालिकामा बस्दै आएका थिए । आर्थिक अवस्था कमजोर भएका साइँला छोरा(नरेन्द्र) ले बुवाको जिउनी अंश बेचेर उपचार गर्ने योजना बनाए ।

तर बुवाको जिउनी भाइले आफ्नो नाममा पारेको पाइएपछि बुवाको उपचारमा समस्या भयो । ‘बुवाको जिउनी पुनः फिर्ता गर्न भन्दा भाइले अटेर गर्यो, बाबुलाई उपचार गर्दा मलाई ऋण लागेको छ भनेर भाइ पन्छिन खोज्यो’, नरेन्द्रले भने, ‘समाज राख्नेदेखि गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिँदा भाइले जिउनी फिर्ता गरेनन् ।’ यो प्रकरणमा गल्ती काइँला छोराको भएको स्थानीय प्रकाश बाँस्कोटाको भनाइ छ । उनले बुवा विरामी हुँदासमेत उपचारमा बेवास्ता गरेको सापकोटाले बताएका छन् ।

बिहान ९स्५४ बजे रघुनन्दको निधन भयो । निधनको चार घण्टापछि स्थानीय किस्नेघाटमा अन्तिम संस्कारको लागि लगियो। घाटमै दमक बस्दै आएका काइँला भाइ कुलेन्द्र र उनका साथीहरुले अपशब्द प्रयोग गरेर भतिजलाई हात हालेपछि विवादले उग्ररुप लिएको थियो। विवादका क्रममा कुलेन्द्र र श्रीमतीले जेठानी दिदीमाथि दुर्व्यवहार र अपपशब्द प्रयोग गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।

‘भाउजुलाई अपशब्द प्रयोग गरेपछि नरेन्द्रले भाइलाई हात हालेका हुन्, आर्यघाटमा युवाहरुको समूह बनाएर आएका रहेछन्’ स्थानीय तुलसीराम दंगालले भने । उनले आजसम्म यस्तो घटना नदेखेको बताए । ‘सम्पत्तिको लोभले बुवाको अन्तिम बिदाइ गरिरहँदा घाटमै दाजुभाइबीच कुटाकुट भयो। कुलेन्द्र त शिक्षक हुन्, उनले विद्यार्थीलाई कस्तो शिक्षा र संस्कार दिन्छन् ? हाम्रो समाज कहाँ जाँदैछ ?’, उनले प्रश्न गरे। उता आरोप लागेकाभाइ कुलेन्द्रले भने सिंगो समाज नै आफूविरुद्ध लागेर गलत सावित गर्न खोजेको बताए । ‘सिङ्गो समाज नै मविरुद्ध लागेको छ। मैले यो समाजको के बिगारिदिएको छु ?’ उनले प्रश्न गरे ।

भिडियो :-

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ