फेरी पेट्रोल र डिजेलको मूल्य बढ्यो

फेरी पेट्रोल र डिजेलको मूल्य बढ्यो

Petrol-diesel-prices-hiked

काठमाडौं–नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । बिहीबार रातिदेखि लागू हुने गरी प्रतिलिटर पेट्रोल १ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेलको मूल्य १ रुपैयाँ वृद्धि गरेको हो ।

मूल्य बढेपछि आगामी शुक्रबार बिहानदेखि उपभोक्ताले पेट्रोल १ सय ११ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टितेल ९८ रुपैयाँ प्रतिलिटरमा खरिद गर्नुपर्नेछ । आयल निमगले तीन महिनापछि मूल्य समायोजन गरेको हो ।

१८ वैशाखमा भारतीय आयल कर्पोरेसन (आइओसी)ले पठाएको नयाँ मूल्य सूची बढेर आएकाले मूल्य वृद्धि गर्नु परेको निगमले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ