प्रधानमन्त्री ओलीकी छोरीको ब्यथा: विद्यालयमा समयमै किताब नपुग्दा रित्तो हात पढ्न जानुपर्ने बाध्यता

प्रधानमन्त्री ओलीकी छोरीको ब्यथा: विद्यालयमा समयमै किताब नपुग्दा रित्तो हात पढ्न जानुपर्ने बाध्यता

pm ki xori

मुगु । गत वर्षको पर्यटन वर्ष २०७५ सुभारम्भ गर्न मुगुको रारा तालमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थी भर्ना अभियानमा माग्री गाँउकी ७ वर्षीया ठिल्लेसामु लामाको अभिभावक भएर भर्ना गराएका थिए । लामालाई मुगु जिल्लामा प्रधानमन्त्रीकी छोरी रुपमा चिनिएकी छन् ।

मुगमकामारो गाँउपालिका बु ४ माध्यामिक विद्यालयमा अध्ययन गरेकी उनी कक्षा एक मा ८३ प्रतिशत अंक ल्यायर प्रथम भइन् । उनी अहिले कक्षा दुईमा अध्ययनरत छिन् । पाठ्य पुस्तक समयमा नपुग्दा प्रधान मन्त्रीकी छोरी भनेर चिनिने लामा किताब विना विद्ययालय जाने गरेकी छन् ।

विकट हिमाली जिल्लाका विद्यार्थीले विगतका वर्षहरुमा समयमा नै पाठ्य पुस्तक नपाएपछि सरकारले आलोचना खेप्नुपरेको थियो । यो वर्ष भने सबै जिल्लाहरुमा शैक्षिक सत्र सुरु हुनुभन्दा अगाबै पाठ्य पुस्तक पुर्याउने सरकारको लक्ष्य असफल भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ