सम्माननिय @PM_Nepal मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि रास्ट्रपतिको सरकार ?
कुनै बेला `श्री ५ को´ सरकार थियोे, राजाले `मेरो सरकार´ भनेर सम्बोधन गर्थे l आज रास्ट्रपतिले उहि शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा ब्यवस्था छ ?
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारका नीति तथा कार्यक्रम पेश गरेकी छन् । शुक्रवार संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सरकारका नीति तथा कार्यक्रम पेश गरेकी हुन् ।
सम्बोधनका क्रममा राष्ट्रपति भण्डारीले पटक–पटक ‘मेरो सरकार’ भनेकोमा सामाजिक सञ्जालमा चर्को विरोध भएको छ । राष्ट्रपति भण्डारीले सम्बोधनको क्रममा ४२ पल्ट ‘मेरो सरकार’ उच्चारण गरेकी छन् ।
पञ्चायती शैलीमा मेरो सरकार भनिएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको हो ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विटरमा लेखेका छन्, ‘सम्माननीय @PM_Nepal मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि राष्ट्रपतिको सरकार ? कुनै बेला ‘श्री ५ को’ सरकार थियोे, राजाले ‘मेरो सरकार’ भनेर सम्बोधन गर्थे ! आज राष्ट्रपतिले उही शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा व्यवस्था छ ?’
यस्तै काँग्रेसका सांसद गगन थापाले पनि राष्ट्रपतिको सम्बोधन प्रति आपत्ति जनाएका छन् । उनले भनेका छन्, ‘म त नेपाल सरकारको ( जनताको सरकार) नीति तथा कार्यक्रम सुन्न संसदमा उपस्थित भएको, यहाँ त राष्ट्रपतिज्यूबाट महामहिमज्यू को निजी सरकारको कार्यक्रमको पो घोषणा भैरहेको छ । प्रधानमन्त्रीज्यू, नेपाल सरकारको नीति तथा कार्यक्रम सुन्न कहाँ, कहिले आउँ होला ?’
सम्बन्धित खबर
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
अनुदानमा प्राप्त ९ रुपैयाँको नुन किन्न २५ सय खर्च
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
गोवामा प्याराग्लाइडिङ गर्ने क्रममा दुर्घटना हुँदा नेपाली पाइलटसहित दुईजनाको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी