नेकपा अध्यक्ष प्रचण्डले वैशाख २६ गते फेरि विवाह गर्ने

नेकपा अध्यक्ष प्रचण्डले वैशाख २६ गते फेरि विवाह गर्ने

Prachanda

नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि विवाह गर्ने भएका छन् । अध्यक्ष प्रचण्ड र पत्नी सीताबीच ५० औँ वर्षगाँठका अवसरमा पुनः विवाह हुन लागेको हो ।

प्रचण्ड निकटस्रोतका अनुसार आगामी वैशाख २६ गते प्रचण्ड र सीताबीच विवाह भएको ५० वर्ष पुग्दैछ । त्यस दिन औपचारिक रुपमै प्रचण्डले सीतालाई सिउँदोमा सिन्दुर हाल्ने कार्यक्रम तय भएको छ ।

प्रचण्ड र सीताबीच २०२६ साल वैशाख २६ गते विवाह भएको हो । प्रचण्ड निकट स्रोतकाअनुसार पुत्र प्रकाश दाहालको निधन भएपछि सीता दाहालको स्वास्थ्य स्थिति बारम्बार बिग्रँदै आउने गरेको छ । यस पुनः विवाहले सिता दाहालको स्वास्थ्योपचारमा मानसिक रुपले सकारात्मक प्रभाव पर्ने अपेक्षा राखिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds