बलात्कार आरोपमा प्रहरी नै पक्राउ

बलात्कार आरोपमा प्रहरी नै पक्राउ

rape

इटहरीमा ३० वर्षीया मजदुर महिलालाई जबरजस्ती करणी गरेको आरोपमा सुनसरी सोनापुरको सशस्त्र प्रहरी युनिटमा कार्यरत एक जना जवान पक्राउ परेका छन् । शनिबार सुनसरीकै बर्जु गाउँपालिका वडा नम्बर ५ घर भएका ३५ वर्षीय सहिंसा चौधरी जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् ।

उनीविरुद्ध जबरजस्ती करणी गरेको किटानी जाहेरी इलाका प्रहरी कार्यालय इटहरीमा परेपछि जिल्ला अदालतको अनुमति लिएर पक्राउ गरिएको इटहरीका प्रहरी निरीक्षक बुद्धि चौलागाईंले जनाए । उनका अनुसार पक्राउ परेका चौधरीको अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ