गण्डकीको छिमेकी अब लुम्बिनी प्रदेश

गण्डकीको छिमेकी अब लुम्बिनी प्रदेश

Pradesh-number-5

प्रदेश ५ काे प्रदेश सभामा राजधानीको नाम र स्थायी राजधानी सिफारिस गर्न बनेको विशेष समिति मातहतको उपसमितिले मूल समितिलाई प्रदेशको नाम लुम्बिनी राख्न उपयुक्त हुने सुझाव सहितको प्रतिवेदन दिएपछि अब प्रदेशको नाम लुम्विनी रहने निश्चित भएको हो ।

तर, स्थायी राजधानी कहाँ रहने भन्ने सिफारिस गर्न समेत अधिकार पाएको उक्त समितीले राजधानीको टुंगो लगाउन सकेन । मितिले राजधानी रूपन्देही, दाङ वा कपिलवस्तुमा बनाउने सुझाव दिइएको जनाईएको छ ।

उपसमितिको शनिबार सम्पन्न बैठकले १२ वटै जिल्लाबाट संकलन भएका सुझावका आधारमा प्रतिवेदन तयार पारिसकेको छ । मुलसमितिले आवश्यक छलफल र निर्णय दिनका लागि थप प्रकृया पुरा गरी प्रदेश सभामा पठाउने कार्यविधि तय गरिएको छ ।

हिउँदे अधिवेशन सकिँदै गर्दा समितिले प्रदेशको नाम र राजधानीबारे अन्तिम टुंगो लगाएर प्रदेशसभामा पेश गर्ने तयारी गरेको हो । प्रदेश सभाको दुई तिहाई बहुमतले नामाकरण गर्नुपर्ने कानुनी ब्यवस्था छ । प्रदेशको राजधानी र नाम सिफारिस गर्न बनेका ६ वटा भिन्न भिन्न उपसमिति गठन भएका थिए । ती समितिले प्रदेश ५ का सबै जिल्लामा पुगेर राजधानीको नाम र केन्द्रका विषयमा नागरीकहरुको राय संकलन गरेका थियो ।

सुझावहरुलाई अन्तिम रुप दिन पाँच सदस्यीय  उपसमिति गठन गरिएको थियो । शनिबारको बैठकमा उपसमितिका जेष्ठ सदस्य बाबुराम गौतमले सुझावसहितको प्रतिवेदन मूल समितिका सभापति दीपेन्द्र कुमार पुन मगरलाई हस्तान्तरण गरेका थिए ।

सुझाव संकलनका क्रममा एक हजार तीन सय बढी नागरीकसँग अन्तरकृया गरी प्रश्न सोधिएको थियो । त्यसमध्ये बहुसंख्यकले राजधनी रुपन्देही र दाङ हुनुपर्ने सुझाव दिएका थिए । ‘सुझाव संकलनका क्रममा बुद्धभूमि, स्वर्गद्वारी, मगरात, थरुहटलगायतका नामहरू आएका थिए, तर बहुसंख्यकको सुझाव लुम्विनी नै भन्ने थियो। हामी पनि लुम्विनी राख्नेमा एकमत भयौ,’ ती सदस्यले भने ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ