म फेरि एकपटक जंगल जान पनि सक्छु तर एक्लै जोगी भएर जान्नँ : प्रचण्ड

म फेरि एकपटक जंगल जान पनि सक्छु तर एक्लै जोगी भएर जान्नँ : प्रचण्ड

Prachanda dahal

file photo

काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहालले आवश्यक परे आफू सम्पूर्ण कुरा त्याग गरी जंगल जान सक्ने बताएका छन्। आफूलाई जंगल जान पटक्कै गाह्रो नलाग्ने भन्दै दाहालले एक्लै जोगी भएर नभई आवश्यकताअनुसार फेरि एकपटक सम्पूर्ण चिज त्यागी जंगल जान सक्ने आत्मविश्वास आफूसँग भएको उल्लेख गरे।

‘म फेरि एकपटक सम्पूर्ण चिज त्यागेर जंगल जान पनि सक्छु भन्ने विश्वास छ। जरुरी प¥यो भने मलाई पटक्कै गाह्रो लाग्दैन। कतिपयलाई के लाग्छ भने अब यत्रो भइसक्यो कसरी हुन्छ ? के हुन्छ भन्ने पनि लाग्छ’, दाहालले भने, ‘मलाई साँच्चै हेर्नुहोला, तपाईंहरूको साथचाहिँ चाहिन्छ, म एक्लै जोगी भएर त जान्नँ। जोगी भएर हुने कुरा पनि छैन। तपाईंहरू साथमा हुनुभयो भने म अर्काे एउटा क्लाइमेक्समा यो पार्टी र आन्दोलनलाई लगेर मात्र माथि जाने विचारमा छु।’

आफूले समयको परिस्थितिअनुसार राजनीतिक रणनीति र कार्यनीति बनाउँदा कतिपयले अस्थिर भन्ने आरोप लगाएको बताउँदै दाहालले तथाकथित आलोचनासँग वास्ता नभएको तर तथ्यपूर्ण आलोचना गरे आफूलाई स्वीकार्य हुने बताए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ