पोखरा : गोरखाको सेन्ट जोसेफ माध्यामिक बिद्यालयले क्यान्टिनमा खाजा नखाएको भन्दै एक बिद्यार्थीलाई निस्कासित गरेको छ । बिद्यालय प्रशासनले क्यान्टिनमा खाजा नखाएको भन्दै कक्षा ९ मा पढ्ने बिबेककुमार यादवलाई निस्कासित गरेको हो ।
‘मेरो छोरा ३ कक्षा देखि त्यहीँ स्कूलमा पढ्थ्यो’ बुबा मुकेशकुमार यादवले भने, ‘तर साथीहरुसँग बाहिर गएर खाजा खायो भनेर स्कूलले निकालिदियो ।’ कक्षा ८ मा छँदा बिबेक सहित उनका ३÷४ जना साथीहरुले विद्यालय बाहिरको पसलमा गएर खाजा खाएको भन्दै अघिल्लो शैक्षिक सत्रमा निस्कासनको चेतवानी दिएपछि उनका साथीहरु भने अन्यत्रको विद्यालयमा भर्ना भएका थिए ।
तर, बिबेकलाई भने विद्यालयले ९ कक्षामा भर्ना लिएपछि विद्यालय नआउन भनेको छ । ‘मैले ९ हजार तिरेर उसलाई ९ कक्षामा भर्ना गराएको छु, ३÷४ दिन पढ्न पनि गएको छ’ बुबा मुकेशले भने ‘पछि फादरले मलाई बोलाएर तपाइँको छोरा यहाँ पढ्न मिल्दैन लैजानु भन्नुभयो, अब म कहाँ लैजाउँ ।’
‘अरु साथीहरुले पढ्न थालेको एक महिना हुन लाग्यो, उ भने घरमा गएर बसेको छ’ बुबा मुकेशले भने ‘यसै विद्यालयको अरु शाखामा सरुवा गर्दिनु म अन्तै लैजान्छु भन्दा पनि गरिदिनु हुन्न ।’ विद्यालयले अर्को शाखामा सरुवा नगरिदिएपछि बिबेकले पढ्न पाएका छैनन् ।
विद्यालयले पटक–पटक सचेत गराउँदा उनी अबैद्य इलेक्ट्रिक हुक्का खाने, साथीहरुको समूह बनाएर दिउँदै विद्यालयको कम्पाउण्ड नाघेर भाग्ने लगायतका काम गरेको विद्यालय स्रोतले आरोप लगाएकोे छ । तर विद्यालयका प्रधानाध्यापक डेनिस सुजालाई पटक–पटक सम्र्पकको प्रयास गर्दा पनि उनको फोन उठेन ।
सम्बन्धित खबर
गोरखामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यु, चालक घाइते
विविधतायुक्त नेपाली समाज नै हाम्रो साझा सम्पत्तिः प्रदेश प्रमुख भट्ट
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
सुदन गुरुङ गोरखा क्षेत्र नं. १ बाट चुनाव लड्ने
बुढीगण्डकी जलविद्युत् आयोजनाको काम छिटो सक्न पहल गर्छौं: मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेश स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु