एजेन्सी । दुर्घटनावश् समुन्द्रमा खसेकाे आइफोन माेबाइल ह्वेलले त्यसकी मालिकलाई फिर्ता दिएको छ । बेलुगु प्रजातिको ह्वेलले समुन्द्रमा खसेकाे इशा ओप्दाहलकाे आइफोन माेबाइल फिर्ता गरेकाे हाे ।
गत सोमबार नर्वेस्थित ह्यामरफेस्ट हार्बरमा साथीसँग डुङ्गामा घुम्ने क्रममा इशाले आफ्नाे माेबाइल समुन्द्रमा खसाएकी थिइन् । फाेन खसेकाे भन्दा पनि फाेन फिर्ता आएपछि यसले धरैकाे ध्यान खिचेकाे छ ।
ह्वेलले फाेन फिर्ता गरेकाेले धेरैकाे ध्यान खिचेनकाे हाे । अहिले ह्वेलले फाेन फिर्ता गरेकाे भिडियाे भाइरल बन्दै गएकाे छ । डेलीमेलमा रखिएकाे भिडियाे अनुसार एउटा ह्वेल डुङ्गा नजिक देखापर्छ र पानीबाट टाउको निकालेर फोन देखाउँछ । त्यसपछि इशाले ह्वेलको मुखबाट फोन निकाल्छिन् ।
भिडियाे
यो देखेर इशा छक्क पर्छिन् । ‘हामी सबै निकै चकित भएका थियौं । हामीले आँखाले देखेको कुरा पनि विश्वास गर्न सकिरहेका थिएनौं,’ उनले भनिन् । ‘म अत्यधिक खुसी भएँ । फोन फिर्ता पाएकोमा ह्वेलप्रति निकै आभारी छु ।’
भिडियो सार्वजनिक भएपछि उक्त ह्वेल रसियाली सेनाले जासुसीका लागि तालिम दिएको हुनसक्ने भन्दै धेरैले अनुमान गरेका छन् । गत हप्ता नर्वेली माझीले एउटा बेलुगा ह्वेललाई क्यामरा जडित हार्नेस लगाएको अवस्थामा समुद्रको किनारामा भेटेका थिए । पुलिसको सहायतमा ह्वेलको शरीरमा बाँधिएको हार्नेस निकालिएको थियो । विशेषज्ञका अनुसार उक्त ह्वेललाई रुसी अपरेटरको रुपमा तालिम दिइएको थियो तर तालिमको बीचमा नै ह्वेल भागेको थियो ।
सम्बन्धित खबर
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
पोखरा १५ का ८५ विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण
अपाङ्गता भएकाहरुको माग बुझ्न मन्त्रालयको आँगनमा मन्त्री
यो पनि पढौँ
पोखराले निकाल्यो एनपिएलकै ठूलो जित, लुम्बिनी लायन्स १० विकेटले पराजित
प्रतिभामा किताबरहित शुक्रवार
सूर्यदर्शन सहकारीको रकम अपचलनमा आरोपित पोखराका गुरुङ पक्राउ
घट्यो सुनको मूल्य