आज देशैभरी हावाहुरीको त्रास !

आज देशैभरी हावाहुरीको त्रास !

hawa huri

काठमाडौं– बंगालको खाडीमा बनेको चक्रवाती तुफान फानीको असर नेपालमा पनि देखिन थालेको छ। नेपालको  तराईका जिल्लामा हावाहुरी सहित पानी पर्न थालेको छ भने अन्य भागमा पनि बदली सहित हावाहुरी चल्न थालेको छ।  यसबाट हुन सक्ने क्षतिको त्रास देशैभरी रहेको छ।

हावाहुरीसहित वर्षा हुन थालेपछि नवलपुरका अधिकांश विद्यालय शुक्रबार बन्द गरिएका छन् । हावाहुरीबाट हुनसक्ने दुर्घटनालाई मध्यनजर गर्दै विद्यालय बन्द गरिएको जिल्ला शिक्षा समन्वय तथा इकाई नवलपुरका प्रमुख कृष्णचन्द्र पोखरेलले बताएका छन्।

यसैगरी कञ्चनपुर, धनगढी, बुटवल, चितवनमा हावाहुरी चल्न थालेको छ भने पानी पर्ने सम्भावना प्रवल बन्दै गइरहेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ