प्रधानमन्त्रीको सवारीलाई मध्यनजर गर्दै आधा घण्टा बिमानस्थलको सबै उडान ठप्प

प्रधानमन्त्रीको सवारीलाई मध्यनजर गर्दै आधा घण्टा बिमानस्थलको सबै उडान ठप्प

kp oli

file photo

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलको उडान सेवा आज आधा घण्टा ठप्प हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबारबाट हुने दक्षिणपूर्वी एसियाली मुलुकहरु भियतनाम र कम्बोडियाको भ्रमणलाई लक्षित गर्दै आधा घण्टा सेवा प्रभावित हुने भएको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

‘प्रधानमन्त्रीको उडानको समय बिहान ११ बजेदेखि ११ः३० सम्म विमानस्थलका आन्तरिक तथा बाह्य दुबै उडान तथा अवतरण बन्द हुने सूचना जारी गरिसकेका छौँ,’ विमानस्थल कार्यालयका प्रमुख राजकुमार क्षेत्रीले भने, ‘समयमा प्रधानमन्त्रीको उडान भए त्यो भन्दा बढी समय अन्य उडान तथा अवतरणमा बाधा पर्दैन ।’

क्षेत्रीले भिभिआइपी सवारीलाई मध्यनजर गर्दै यस्तो व्यवस्था गरिएको जानकारी दिए । यसअघि भिभिआईपी सवारीका क्रममा ४५ मिनेट विमानस्थल बन्द हुँदै आएकोमा यसपटक सर्वसाधारण यात्रुहरुलाई धेरै सास्ती नहोस् भनेर समय घटाइएको क्षेत्रीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ