काठमाडौं- नवगठित समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तत्कालीन संघीय समाजवादी फोरमसँग एकता गर्नु बाध्यता भएको बताएका छन् । पार्टी एकताप्रति असन्तुष्ट बनेका केही नेताहरूले बिहिबार बुझाएको ज्ञापनपत्र बुझ्दै परिषद् अध्यक्ष भट्टराइले यस्तो धारणा राखेका हुन्।
‘वैकल्पिक राजनीतिक शक्तिलाई अझै सशक्त बनाउन पार्टी एकीकरण गरिएको हो,’ डा भट्टराइले भनेका थिए । तत्कालीन नयाँ शक्ति नेपाल वैकल्पिक राजनीतिक धारका लागि स्थापना गरिएको तर फोरमसँग पार्टी वियल गरिएको भन्दै नयाँ शक्ति केन्द्रीय समितिका सदस्यहरुले असन्तुष्टि राख्दै आएका छन्।
‘एक्लै हिँडेर कहिँ नपुगिने भएकाले एकता गर्न बाध्य भयौं, वैकल्पिक राजनीतिको धार झन् बलियो र सशक्त भएको छ,’ डा भट्टराइलाई उद्धृत गर्दै भेटमा सहभागी एक नेताले भने । असन्तुष्ट समूहले पार्टीको नाम, झन्डा र नेतृत्वलगायतका विषयमा असन्तुष्टि राख्दै आएका छन्।
उनीहरुले तत्कालीन नयाँ शक्तिको केन्द्रीय समितिमा छलफल नै नगरी हतारोमा फोरमसमक्ष एकता गरेको आरोप लगाएका छन् । ‘यी विषयमा व्यापक छलफल गरी सच्चाउन माग गर्दै डा भट्टराईलाई ज्ञापनपत्र बुझाएइको हो,’ असन्तुष्ट समूहका नेता नारायण तिवारीले नेपाल लाइभ समक्ष भने।
पूर्वमन्त्री कल्पना धमला, भट्टराई प्रधानमन्त्री रहेको समयमा उनको प्रेस सल्लाहकार रहेका रामरिझन यादव तथा पूर्वसांसद ज्ञानेन्द्र कुमाललगायतका नेता असन्तुष्ट बनेका छन्।

सम्बन्धित खबर
लेखनाथ उद्योग वाणिज्य संघमा महानगरको कर सचेतना कार्यक्रम
पोखरा १५ मा तेस्रो रोपाइँ महोत्सव सम्पन्न, उत्कृष्ट चार फार्मलाई नगद पुरस्कारले सम्मान
पोखरा १५ मा क्षमता विकास सशक्तीकरण तथा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
फेरिए दुःखका दिन : गाउँ पुग्न बाटो बन्यो, खोला तर्न पुल
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
पोखरा-१५ मा चार दिने आधारभूत प्राथमिक उपचार तालिम सुरू
यो पनि पढौँ
पोखराका मेयरलाई राजीनामा दिन सुझाव, जनता भन्छन् – ‘माखो मार्नुभएन, जिरो पर्सेन्ट काम, वडाध्यक्ष जति पनि छैन’
पोखराको लेकसाइडबाट ८ बालिकाको उद्धारः तीन स्पा सेन्टर कारबाहीमा
पोखरा महानगरपालिकाले सार्वजनिक सुनुवाइमा सहभागी हुन जारी सन्देशमा सदस्यहरू छुटाएपछि चार सदस्यको विमति
बाल प्रतिभा आवासीय माविमा विद्यार्थी सम्मान तथा बधाई कार्यक्रम सम्पन्न