प्रेसर कुकुर बमसहित विप्लव समूहका दुईजना पक्राउ

प्रेसर कुकुर बमसहित विप्लव समूहका दुईजना पक्राउ

arrest_

बाँके । बाँकेको कोहलपुरमा प्रेसर कुकुर बमसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिकोट रास्कोट नगरपालिका–६ बस्ने ४२ वर्षीय भरत बहादुर बम र ३० वर्षीय सत्य बहादुर शाही रहेका छन् ।

उनीहरुको साथबाट बिस्फोटक पदार्थसहितको प्रेसर कुकर बम १ थान, सोमा प्रयोग हुने फ्युज, तार र ब्याट्री बरामद भएको छ । उनीहरु दुवै विप्लव समूहका कार्यकर्ता भएको बताइएको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त बिस्फोटक पर्दाथ सहित फेला पारी पक्राउ गरेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ