भारतबाट तेस्रो मुलुक लैजान लागिएका २३ नेपाली चेलीको उद्धार

भारतबाट तेस्रो मुलुक लैजान लागिएका २३ नेपाली चेलीको उद्धार

mahila-bechabikhan

पोखरा । वैदेशिक रोजगारीको बहानामा अवैध रुपमा तेस्रो मुलुक लैजान लागिएका अवस्थामा २३ नेपाली चेलीलाई भारतको उत्तरी राज्य मिजोरमबाट बिहीबार उद्धार गरिएको छ ।

भारतीय सरकारको सहयोगमा उद्धार गरिएका ती नेपाली चेलीहरुलाई बिहान १०ः३० बजे काँकडभिट्टा ल्याएर माइती नेपालको पूर्वाञ्चल क्षेत्रीय कार्यालयमा राखिएको झापाका प्रजिअ जनकराज दाहालले बताए । म्यानमारसँग भारतको सीमा जोडिएको मिजोरमस्थित चम्फाईबाट ती महिलालाई उद्धार गरिएको थियो ।

केही महिनाअघि म्यानमारसँग सीमा जोडिएको मणिपुरको मोरेबाट पनि १७८ नेपालीलाई उद्धार गरी नेपाल ल्याइएको थियो । मानव बेचबिखनमा संलग्न दलालले पछिल्लो समय वैदेशिक रोजगारीका बहानामा नेपालीलाई भारतको मिजोरम, नागाल्याण्ड र मणिपुरबाट म्यानमा हुँदै खाडी र दक्षिणपूर्वी एशियाली मुलुक लैजाने गरेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds