श्रीमतीलाई जिउँदै आगो लगाएर मार्ने श्रीमान पक्राउ

श्रीमतीलाई जिउँदै आगो लगाएर मार्ने श्रीमान पक्राउ

janakpur-750×375

जनकपुर । आफ्नै श्रीमतीलाई आगो लगाई हत्या गर्ने श्रीमान र मतियार बनेकी उनकै भाउजुलाई प्रहरीले पक्राउ गरेको छ । घटनापछि फरार रहेका धनुषा शहिदनगर नगरपालिका वडा नम्बर १ बस्ने २४ वर्षका श्रीमान् मुकेश गोइत यादव र २५ वर्षीया भाउजु श्यामादेवी यादवलाई पक्राउपछि बिहिबार धनुषा प्रहरीले सार्वजनिक गरेको  हो ।

गत वैशाख ५ गते राति खाना बनाउँदै गरेकी निर्मलादेवी यादवलाई भाउजु श्यामाको इशारामा मकुेशले शरीरमा पेट्रोल छर्केर आगो लगाएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख उपरीक्षक शेखर खनालले जानकारी    दिए ।

निर्मलाको उपचारका क्रममा बैशाख १६ गते काठमाडौंमा मृत्यु भएको थियो । पक्राउ परेका दुवै जनामाथि कर्तव्य जान मुद्दा चलाइने प्रहरीले जनाएको छ । निर्मलालाई श्रीमान मुकेश र भाउजु श्यामादेवीले कुटपिट गर्दै हातखुट्टा बाँधेर पेट्रोल छर्केर आगो लगाएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds