आगो लगाएर आफ्नै छोरीको हत्या !

आगो लगाएर आफ्नै छोरीको हत्या !

aaalagi

दार्चुला । दार्चुलाको व्यास गाउँपालिका वडा नं ५ चुकपानीमा एक अभिभावकले आगो लगाएर आफ्नै छोरीको हत्या गरेका छन् ।

२२ वर्षीय नवीन विष्टले आफ्नो ११ महिने छोरी अनुस्काको बिहीबार राति आगो लगाएर हत्या गरेका हुन् । घर नजिकै रहेको लुठ्ठा (खर)मा आगो लगाएर छोरीको हत्या गरेको प्रहरी निरीक्षक हिक्मत बोहराले जानकारी    दिए ।

सो घटनामा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले निज विष्ट र उसकी पत्नी शीलालाई पक्राउ गरेको छ । उनीहरुलाई शुक्रबार बिहान घरबाटै पक्राउ गरी सदरमुकाम ल्याइँदैछ ।

राति छोरीको हत्यापछि भाग्न लागेका दुवै जनालाई स्थानीयवासीको सहयोगमा राति नियन्त्रणमा लिइएको वडा नं ५ का अध्यक्ष मङ्गलसिंह धाँमीले जानकारी दिए । उनीहरुले शिशुको हत्या गर्नाको कारण खुलाइएको छैन । (रासस)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds