आफ्नै बच्चालाई अस्पतालमा छाडेको आरोपमा पक्राउ पूर्वसांसद साह अस्पतालमा भर्ना

आफ्नै बच्चालाई अस्पतालमा छाडेको आरोपमा पक्राउ पूर्वसांसद साह अस्पतालमा भर्ना

Gayatri-saha_

अस्पतालमा शिशु छाडेको आरोपमा पक्राउ परेकी पूर्वसभासद् गायत्री साह अस्वस्थ भएपछि अस्पतालमा भर्ना गरिएको छ । गत आइतबार पक्राउ परी महानगरीय प्रहरी प्रभाग सातदोबाटोमा राखिएकी साहलाई शुक्रबार बिहान पाटन हस्पिटलको अकश्मिक कक्षमा भर्ना गरिएको गायत्रीकी बहिनी ऋतु साहले जानकारी दिएकी   छिन् ।

शिशु जन्म दिएर अस्पतालमै छाडेको आरोपमा पूर्व सभासद् साह र उनका पति राजेश महतोलाई मेडिसिटी अस्पतालबाट पक्राउ गरी सातदोबाटो प्रहरी हिरासतमा राखिएको थियो ।

ललितपुरस्थित मेडिसिटी अस्तालले दिएका उजुरीका आधारमा सन्तान जन्माएर अस्पतालमै छोड्नु गैरकानुनी भएको भन्दै साह दम्पतिलाई पक्राउ गरिएको थियो । हिरासतमा राखेदेखि नै साह दम्पति आमरण अनशन बस्दै आएका छन् । साहको शरीरमा ग्लुकोजको मात्रा कम भएको र प्रेसर घटेको बहिनी ऋतुलेले बताइन ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ