काठमाण्डौ : सोमबार दिउँसो देशका धेरैजसो पहाडी भेगमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना छ । यी क्षेत्रको मौसम आशिंकदेखि सामान्यसम्म बदली भई बेलुकीपख मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको प्रभाव र स्थानीयवायुको प्रभावका कारण पानी पर्ने सम्भावना रहेको मौसमविद् सुवास रिमालले बताए । यस्तै बंगालको खाडीमा बनेको न्यूनचापीय रेखाका कारण पूर्वका धेरैजसो ठाउँमा मेघ गर्जनसहित पानी पर्ने र हिमाली भेगमा हल्का हिमपातको सम्भावना भएको मौसमविद् रिमालले बताए ।
अबको १र२ दिन देशभरको मौसम यस्तै नै रहने उहाँले बताउनुभयो । तर ठुलो पानी पर्ने वा लगातार बदली हुने सम्भावना भने छैन । अहिले काठमाडौको मौसम बद्ली भएको छ । काठमाडौको दिउँसोको मौसम एकछिन खुल्दै फेरि एक छिन बदली हुने सम्भावना रहेको छ ।
यसैबीच आइतबारदेखी देशको पहाडी भेगको तापक्रम घटेर केही सितल महसुस गरिए पनि तराईका क्षेत्रमा चलेको तातो हावाका कारण त्यहाँको जनजीवन भने प्रभावित बनेको छ । महोत्तरी, धनुषा, सर्लाही, सिरहा लगायत तराईक्षेत्रमा दिउँसोको समयमा चर्को घाम लाग्नुका साथै तातो हावा चलेकाले दैनिक कामधन्दामा समस्या भएको हो । तातो हावाले हरियो तरकारी बालि सुक्न थालेका स्थानीयले बताएका छन् ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
प्रधानमन्त्री बालेनको भिडियो पत्रकारले खिच्दा सेनाले गर्यो डिलिट
गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
पोखरा लेकसाइडका मसाज र स्पामा अनुगमन
स्याङ्जामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १० जना घाइते