एभिन्यूजमा जात्रा ! प्रस्तोता पाण्डेको तरिका गलत, उपप्रधानमन्त्री पदमा आसिन यादव गैरजिम्मेवार (भिडियो)

एभिन्यूजमा जात्रा ! प्रस्तोता पाण्डेको तरिका गलत, उपप्रधानमन्त्री पदमा आसिन यादव गैरजिम्मेवार (भिडियो)

Untitled

काठमाडौं : एभिन्युज टेलिभिजनमा अन्तर्वार्ताका लागि पुगेका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र अन्तर्वार्ताकारबीच तनावको अवस्था सिर्जना भएको छ । अन्तर्वार्ता दिन पुगेका मन्त्री यादव कार्यक्रम अवधि नसकिँदै माइक निकालेर स्टुडियो छाडेका छन् । उक्त टेलिभिजनले प्रस्तोताले सोधेको प्रश्नको जवाफ नदिएर उल्टै मन्त्री यादवले माइक फाल्दै निस्केको दाबी गरेको छ ।

भिडियो संजाल युट्युबमा उक्त भिडियो अपलोड गर्दै एभिन्युजले लेखेको छ ‘प्रश्नको सामना गर्न नसकेपछि उपप्रधानमन्त्री उपेन्द्र यादव माइक फाल्दै यसरी बाहिरिए स्टुडियोबाट’ । तर, प्रस्तोता शुशिल पाण्डेले संयमता अपनाउन नसकेको स्पट देखिएको छ भने उपप्रधानमन्त्री पदमा आसिन राष्ट्रिय पार्टीका अध्यक्ष जस्ता व्यक्ति गैरजिम्मेवार ढंगले प्रस्तुत भएका छन् ।

भिडियोमा सुरुबाटै आक्रामक, ठाडो, एकसाथ धेरै विषयमा प्रश्न सोधेपछि मन्त्री यादवलाई चित्त बुझेको छैन । मन्त्री यादवले संयमता अपनाउँदै आफ्नो पदको गरिमा जोगाउँदै प्रश्नको जवाफ दिनुपर्ने थियो । तर, उनले नकरात्मकता हाबी भएको आशयमा शिष्ट र प्रश्न सोध्ने शैली सुधार्न पत्रकार पाण्डेलाई पाठ सिकाएका छन् । माहौल बिग्रन लाग्दा आफ्नै पाहुना र देशको उपप्रधानमन्त्री पदमा आसिन व्यक्तिसँग कुरा गरिरहँदा प्रस्तोता पाण्डे संयमित हुनुपर्ने हो, झनै माहौललाई उत्तेजित बनाएका छन् ।

मन्त्री यादवले सुरुमा बन्द गर्न भनेका छन्, त्यसपछि पत्रकार पाण्डेले तपाईं जान सक्नुहुनेछ भनेपछि माहौल बिग्रिएको छ । यस सम्बन्धमा सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । एकाथरीले उपप्रधानमन्त्री पदमा आसिन व्यक्ति गैरजिम्मेवार ढंगले प्रस्तुत भएको, भ्रष्टाचार कहाँ भएको छ ? प्रमाण ल्याउनुस् भन्न नमिल्ने तर्क गरिरहेका छन् । अर्को थरी पत्रकार पाण्डेले पाहुनालाई त्यसरी जानुहोस् भन्न नमिल्ने, पत्रकारिताको ज्ञान नभएको तर्क गरिरहेका छन् ।

नवगठित समाजवादी पार्टीका अध्यक्ष समेत रहेका यादव यस विषयमा सार्वजनिक रुपमा बोलेका छैनन् ।

हेर्नुस् भिडियो :

(अद्यावधिक गरिएको)

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ