जबरजस्ती करणीको आरोपमा ७१ वर्षीय बृद्ध जेल चलान

जबरजस्ती करणीको आरोपमा ७१ वर्षीय बृद्ध जेल चलान

rape

स्याङ्जा –जबरजस्ती करणीको आरोपमा पक्राउ परेका ७१ वर्षीय वृद्ध पूर्पक्षका लागि जिल्ला कारागार चलान भएका छन् । स्याङ्जाको विरुवा गाउँपालिकाका एक बृद्धलाई आइतबार पूर्पक्षका लागि जिल्ला कारागार चलान गरिएको हो ।

२०७५ असोज २६ गते १७ वर्षीया बालिकालाई जबरजस्ती गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको  थियो । बालिकालाई निरन्तर जबर्जस्ती करणी गर्दै आएको पीडित पक्षले प्रहरीमा जाहेरी दिएपछि जिल्ला अदालतमा जबरजस्ती करणी मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवत्ता प्रहरी नायब उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिए । अपराधी वृद्ध भएकाले नाम नखुलाइएको नायब उपरीक्षक भण्डारीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ