यौन क्रियाकलाप गरेको आरोपमा एकै दिन १५१ जना पक्राउ

यौन क्रियाकलाप गरेको आरोपमा एकै दिन १५१ जना पक्राउ

sex work

काठमाडौं : राजधानी काठमाडौंका विभिन्‍न स्थानबाट प्रहरीले ठुलो संख्यामा शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरेको छ । सार्वजनिक स्थानमा बसेर यौनजन्य क्रियाकलापमा संलग्न भएको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रमुख फेरिनेबित्तिकै प्रहरीले सार्वजनिक स्थानमा मर्यादा कायम गराउने अभियान थालेको हो । परिसरमा एसएपी उत्तमकुमार सुवेदीले प्रमुखको जिम्मेवारी सम्हालेको साता पनि भएको छैन । परिसरका अनुसार सोमबार मध्यराति निस्किएको प्रहरी टोलीले अनैतिक क्रियाकलाप संलग्न रहेको अभियोगमा पुरुष र महिलासहित सय ५१ जनालाई पक्राउ गरेको हो ।

समाजमा विकृति फैलने गरी यौनजन्य क्रियाकलाप भइरहेको सूचना पाएपछि खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको परिसरका प्रवक्ता होबिन्द्र बोगटीले जानकारी दिए। प्रहरीका अनुसार गोंगबु, रत्नपार्क र रणोदीप चोक लगायतका स्थानबाट उनीहरुलाई पक्राउ गरिएको हो। प्रहरीले यसअघि पकेटमार नियन्त्रण अभियान चलाएर ४ सय भन्दा धेरैलाई पक्राउ गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ