कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाँउपालिका ५ का वडा अध्यक्ष लहिश पठान नै भारतीय नागरिक भएको पाइएको छ । उनीसँग भारत सरकारले आफ्ना नागरिकलाई दिने आधार कार्ड र नेपाल सरकारले आफ्ना नागरिकलाई दिने नेपाली नागरिकता दुवै छन् ।
लहिश पठानले भातरबाट नइम खानका नाममा आधार कार्ड लिएका छन् । भारतमा बाबुको नाममा रफिक खान लेखाएका छन् । यिनै व्यक्तिले नेपालमा कपिलवस्तु जिल्लाबाट बाबुको नाम जमिल पठान उल्लेख गरेर लहिश पठानको नाममा नागरिकता लिएका छन् ।
अहिले उनी वडा कार्यालयमा वडा अध्यक्षका रुपमा काम गरिरहेका छन् । नेपाल र भारतको नागरिकताको बिषयमा कुरा गर्दा आफूलाई फसाउन कोही व्यक्तिले बनाइदिएको हुन सक्ने गैर जिम्मेवार जवाफ दिन्छन् ।
तर, हामीले उनलाई दोहोर नागरिकताको प्रमाण पेश गरेपछि भने नाजवाफ हुन्छन । यो बिषयमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले छानबिन गरिरहेको छ । उनी विरुद्ध दोहार नागरिकता मुद्धा चलिरहेको प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पोखरेलले बताए ।
दोहोरो नागरिकताधारी वडा अध्यक्ष पठानमाथि यस अघि सरकारी जग्गा किर्ते तथा लागुऔषध मुद्धामा चलेको थियो । लागूऔषधको मुद्धामा उनले सफाइ पाए पनि सरकारी जग्गा किर्तेको मुद्धा अदालतमा चलिरहेको छ ।news24nepal.tv
सम्बन्धित खबर
रातदिन खटेर काम गर्नुपर्ने बेला भएको भन्दै विदेश भ्रमण नजान प्रधानमन्त्रीको निर्देशन
पोखरा-१५ मा विविध कार्यक्रमको आयोजना गरी धान दिवस मनाइयो
र्यान्डममा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’
पर्वत फलेवास–अर्मादी सडकखण्ड निर्माणमा ढिलासुस्ती
जनताले अनुभूत गर्ने गरी गणतन्त्रको कार्यान्वयन अपरिहार्यः प्रदेश प्रमुख भट्ट
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग