रातारात अतिक्रमण हुन लागेको ३ विगाह जग्गा प्रहरीले जोगायो

रातारात अतिक्रमण हुन लागेको ३ विगाह जग्गा प्रहरीले जोगायो

Sunsari-police-counter-

उदयपुर । प्रहरीले रातारात अतिक्रण हुन लागेको जमिन जोगाएको छ । उदयपुर सिमेन्ट उद्योग लिमिटेड (उसिउलि) जलजलेको करिब ३ विगाह जमिन प्रहरीले जोगाएको हो ।

दुई दिनयता रातिको समय पारेर अतिक्रमण गरेको जग्गा प्रशासनको आदेशमा प्रहरीले मंगलबार दिउँसो स्थानीय जनप्रतिनिधि र उद्योगका कर्मचारीको रोहबरमा खाली गरेको हो । अज्ञात समूहले रातिराति अतिक्रमण गर्दै बाँसको किला ठोकेर घडेरी छुट्याउन लागेका थिए ।

त्रियुगानगरपालिका ४ र ६ को सीमानास्थित देउरीको पञ्जियार चोकदेखि दक्षिणतर्फ उद्योगको क्वाटर ९कर्मचारी आवास० क्षेत्र जाने सडकको पश्चिमतर्फ मुखको जमिन २ रातयता अज्ञात समूहले किला गाडेर टहरा हाल्ने तयारी गरेको भन्दै उद्योगले सोमबार जिल्ला प्रशासन कार्यालय गुहारेको थिायो। प्रशासनको आग्रहअनुसार प्रहरीले जमिन खाली गराएको हो।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ