कमिसनको चक्कर, शक्तिकेन्द्रको अनुचित प्रयोग र राष्ट्रपतिसमेतलाई बदनाम गर्न खोजिएको एउटा हेलिकोप्टरले बल्ल नेपालको फन्को मार्न पाउने भएको छ । र्टपुजा र पैसाको लफडामा महिनौंदेखि थन्केर बसेको अगुस्ता वेस्टल्यान्ड हेलिकोप्टरको मामिला हो यो।
इटाली र ब्रिटिस कम्पनीको साझेदार परियोजनाअन्तर्गत बनेको उक्त हेलिकोप्टर ठूलो आर्थिक भारपछि नेपाली आकाशमा उडानका निम्ति तयार भएको छ । सम्भवतः त्यसले अर्को सातादेखि राष्ट्रपतिको उडान भर्नेछ। आज प्रकाशित जनआस्था साप्ताहिकले यो खबर लेखेको हो।
सम्पूर्ण पार्टपुर्जा किन्दा, सामान आउन ढिलाइ हुँदा अर्थात् डलरको भाउमा आएको उतारचढावका कारण ६ करोड दण्ड तिरेर बल्ल नेपाल सरकारको स्वामित्वमा आएको छ । आठ महिनासम्म त्यसै थन्किएर बसेको थियो ।
१४ दशमलव एक मिलियन डलरमा अर्को हेलिकोप्टर पनि ल्याउने अर्डर भएको छ। यो वर्षको अन्त्यसम्ममा उक्त हेलिकोप्टर आउने अर्थ स्रोतको दाबी छ । प्राकृतिक प्रकोप र विशिष्ट व्यक्तिको उडानमा यसको प्रयोग हुन्छ । एउटा अस्ती सोमबार परीक्षण उडान गरिएको छ । सम्भवतः अर्को हेलिकोप्टर राष्ट्रपति, प्रधानमन्त्रीहरुको उडानमा मात्र प्रयोग हुनेछ। nepalkhabar
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु