काठमाडौं–उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले लगानी सम्मेलनमा बोलेको अङ्ग्रेजीलाई लिएर निकै आलोचना भयो । मन्त्रीजस्तो मान्छेले बोल्ने अङ्ग्रेजी लज्जास्पद भएको भन्दै विभिन्न कोणबाट आलोचना भएको थियो । त्यही आलोचनाको खण्डन बुधबार एक कार्यक्रममा मन्त्रीले गरेका छन् ।
मन्त्री यादवले भने, ‘मैले अंग्रेजीमा इदर र निदर भनेको थिएँ तर मलाई मातृकाले अंग्रेजी बोल्नै जानेन भनेर उडाए । हुन त म अंग्रेजमा जन्मेको मान्छे पनि होइन । खासमा मलाई नेपाली पनि शुद्ध बोल्न आउँदैन । म मधेसमा जन्मेको मान्छे हो । सबैलाई सबै भाषाको ज्ञान हुँदैन । ’
एकल विन्दु सेवा केन्द्रको उद्घाटन कार्यक्रममा लगानी सम्मेलनमा आफूले बोलेको अंग्रेजीलाई लिएर भएको आलोचनाको विषयमा यादवले असन्तुष्टि व्यक्त गरे । उनले आफूलाई अंगेजी बोल्न नजानेको भन्दै खिसी गर्नेलाई सिकाइदिन आग्रह पनि गरे । उनले अब आफूले ‘इदर निदर’ नभन्ने पनि उल्लेख गरे ।
सम्बन्धित खबर
रातदिन खटेर काम गर्नुपर्ने बेला भएको भन्दै विदेश भ्रमण नजान प्रधानमन्त्रीको निर्देशन
पोखरा-१५ मा विविध कार्यक्रमको आयोजना गरी धान दिवस मनाइयो
र्यान्डममा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’
पर्वत फलेवास–अर्मादी सडकखण्ड निर्माणमा ढिलासुस्ती
जनताले अनुभूत गर्ने गरी गणतन्त्रको कार्यान्वयन अपरिहार्यः प्रदेश प्रमुख भट्ट
‘सफल सादा दही’ पोखरा बजारमा उपलब्ध
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग