काठमाण्डौ – आउँदो असार १५ गतेदेखि सीपमुलक तालिम लिएको प्रमाणपत्र पेश नगरी अन्तिम श्रम स्वीकृती नपाइने भएको छ । १२ वटा काममा विदेश जान चाहने कामदारलाई पहिलो चरणमा सीप तालिम लिएको प्रमाणपत्र पेश नगरी अन्तिम श्रम स्वीकृती नदिने वैदेशिक रोजगार विभागले जनाएको छ ।
हाउस वाइरिङरइलेक्ट्रिसियन, वेटर, कुक, सेक्युरिटी गार्ड, मेशन, स्टिल फक्चर्स, हाउस किपिङरक्लिनर, स्काफोल्डिङ, सटरिङ कार्पेन्टर, पेन्टर, गामेन्टरटेलरिङ र प्लम्बिङको काममा विदेश जानका लागि सीप सिकेको प्रमाणपत्र बिना अन्तिम श्रम स्वीकृती नपाइने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिए ।
न्युनतम सीप सिकाएर मात्र कामदारलाई वैदेशिक रोजगारीमा कामदार पठाउने सरकारको नीति अनुसार अहिले यी काममा जाने कामदारलाई सीप सिकेको प्रमाणपत्र अनिवार्य गरिएको र विस्तारै यो व्यवस्थालाई कार्यान्वयन गर्दै जाने उनले बताए ।
सीप सिकेको प्रमाण भएका व्यक्तिको सीपको परीक्षण बोर्डले आफैं गर्नेछ । सीपमुलक तालिम लिएका र कुनै व्यवसाय वा प्रतिष्ठानमा काम गरी अनुभवको प्रमाणपत्र प्राप्त गरेकाहरुको अनुभवको प्रमाणपत्र वैदेशिक रोजगार बोर्डको सचिवालयमार्फत आधिकारिताको यकिन गर्नुपर्ने छ ।
विदेशमा कुन काममा जाने हो त्यो सीप कानुन बमोजिम अनुमति प्राप्त तालिम प्रदायक संस्थाबाट लिन पनि वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।
विदेश जान चाहने कामदारलाई न्युनतम सीप सिकाएर मात्र पठाउने उदेश्य अनुसार आउँदो वर्षदेखि सीप विकास तालिमलाई सबै प्रदेशहरुमा विस्तार गरी गुणस्तरीय प्रशिक्ष्ण दिने र सीप प्रमाणिकरण गर्ने व्यवस्था मिलाउने आवश्यक तयारी भइरहेको पनि विभागले जनाएको छ ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ