काठमाण्डौ – आउँदो असार १५ गतेदेखि सीपमुलक तालिम लिएको प्रमाणपत्र पेश नगरी अन्तिम श्रम स्वीकृती नपाइने भएको छ । १२ वटा काममा विदेश जान चाहने कामदारलाई पहिलो चरणमा सीप तालिम लिएको प्रमाणपत्र पेश नगरी अन्तिम श्रम स्वीकृती नदिने वैदेशिक रोजगार विभागले जनाएको छ ।
हाउस वाइरिङरइलेक्ट्रिसियन, वेटर, कुक, सेक्युरिटी गार्ड, मेशन, स्टिल फक्चर्स, हाउस किपिङरक्लिनर, स्काफोल्डिङ, सटरिङ कार्पेन्टर, पेन्टर, गामेन्टरटेलरिङ र प्लम्बिङको काममा विदेश जानका लागि सीप सिकेको प्रमाणपत्र बिना अन्तिम श्रम स्वीकृती नपाइने वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठले जानकारी दिए ।
न्युनतम सीप सिकाएर मात्र कामदारलाई वैदेशिक रोजगारीमा कामदार पठाउने सरकारको नीति अनुसार अहिले यी काममा जाने कामदारलाई सीप सिकेको प्रमाणपत्र अनिवार्य गरिएको र विस्तारै यो व्यवस्थालाई कार्यान्वयन गर्दै जाने उनले बताए ।
सीप सिकेको प्रमाण भएका व्यक्तिको सीपको परीक्षण बोर्डले आफैं गर्नेछ । सीपमुलक तालिम लिएका र कुनै व्यवसाय वा प्रतिष्ठानमा काम गरी अनुभवको प्रमाणपत्र प्राप्त गरेकाहरुको अनुभवको प्रमाणपत्र वैदेशिक रोजगार बोर्डको सचिवालयमार्फत आधिकारिताको यकिन गर्नुपर्ने छ ।
विदेशमा कुन काममा जाने हो त्यो सीप कानुन बमोजिम अनुमति प्राप्त तालिम प्रदायक संस्थाबाट लिन पनि वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।
विदेश जान चाहने कामदारलाई न्युनतम सीप सिकाएर मात्र पठाउने उदेश्य अनुसार आउँदो वर्षदेखि सीप विकास तालिमलाई सबै प्रदेशहरुमा विस्तार गरी गुणस्तरीय प्रशिक्ष्ण दिने र सीप प्रमाणिकरण गर्ने व्यवस्था मिलाउने आवश्यक तयारी भइरहेको पनि विभागले जनाएको छ ।
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
दरौंदी खोलामा ढुंगागिटी निकाल्दा बनेको रहमा डुबेर सिजलको मृत्यु
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही
पोखरामा यौन व्यवसाय सञ्चालन गर्ने ३ जना पक्राउ, ५ महिलाको उद्धार