दाङ – दाङमा घरेलु रक्सी बनाउनेहरुले अन्नसँगै महिलाहरुले महिनावारीका बेला प्रयोग भएको प्याड, पुराना बोरा, जुत्ताचप्पल र पिसाबसमेत प्रयोग गरिएको भेटिएको छ । स्थानीयवासी, जनप्रतिनिधि, टोल विकास समितिका अगुवा, महिला र प्रहरीको संयुक्त सहभागितामा घोराही उपमहानगरपालिका वडा नम्बर ४ मा थालिएको घरेलु रक्सी हटाउने अभियानमा यस्तो भेटिएको हो ।
रक्सीका कारण समाजका झैझगडादेखि विभिन्न असामाजिक क्रियाकपाल भइरहेको ठहर गर्दै थालिएको समुदाय—प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वडाका विभिन्न टोलबाट जफत गरिएको घरेलु रक्सीमा त्यस्ता बस्तु भेटिएको अभियानमा सहभागी प्रहरी चौकी गोग्लीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक बिष्णुबहादुर बुढाथोकीले जानकारी दिए ।
‘यो अभियान थाल्ने बेलामा हामीले कल्पनै नगरेका बस्तुहरु रक्सी बनाउन प्रयोग गरिएको भेटियो’, प्रहरी सहायक निरीक्षक बुढाथोकिले भने, ‘भन्न पनि लाज लाग्छ हेर्नुस् प्रयोग गरिएको प्याड, प्याज राखेका पुराना बोरा, फाटेका जुत्ता चप्पल र मानिसको पिसाबसमेत घरेलु मदिरा बनाउदा प्रयोग गरेको भेट्टायौँ ।’
अवैध रुपमा रक्सी उत्पादनले घरेलु हिंसा, समाजमा झै झगडा, स्वास्थ्यलाई असर र आर्थिक नोक्सानी हुने भन्दै त्यसलाई नियन्त्रण गर्न थालिएको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष भीमबहादुर सार्कीले जानकारी दिए ।टोलीले अहिलेसम्म झण्डै ५ हजार लिटर अवैध रक्सी जफत गरेर नष्ट गरेको वडा अध्यक्ष सार्कीले जानकारी दिए । ujyaaloonline.com
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु