दाङ – दाङमा घरेलु रक्सी बनाउनेहरुले अन्नसँगै महिलाहरुले महिनावारीका बेला प्रयोग भएको प्याड, पुराना बोरा, जुत्ताचप्पल र पिसाबसमेत प्रयोग गरिएको भेटिएको छ । स्थानीयवासी, जनप्रतिनिधि, टोल विकास समितिका अगुवा, महिला र प्रहरीको संयुक्त सहभागितामा घोराही उपमहानगरपालिका वडा नम्बर ४ मा थालिएको घरेलु रक्सी हटाउने अभियानमा यस्तो भेटिएको हो ।
रक्सीका कारण समाजका झैझगडादेखि विभिन्न असामाजिक क्रियाकपाल भइरहेको ठहर गर्दै थालिएको समुदाय—प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत वडाका विभिन्न टोलबाट जफत गरिएको घरेलु रक्सीमा त्यस्ता बस्तु भेटिएको अभियानमा सहभागी प्रहरी चौकी गोग्लीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक बिष्णुबहादुर बुढाथोकीले जानकारी दिए ।
‘यो अभियान थाल्ने बेलामा हामीले कल्पनै नगरेका बस्तुहरु रक्सी बनाउन प्रयोग गरिएको भेटियो’, प्रहरी सहायक निरीक्षक बुढाथोकिले भने, ‘भन्न पनि लाज लाग्छ हेर्नुस् प्रयोग गरिएको प्याड, प्याज राखेका पुराना बोरा, फाटेका जुत्ता चप्पल र मानिसको पिसाबसमेत घरेलु मदिरा बनाउदा प्रयोग गरेको भेट्टायौँ ।’
अवैध रुपमा रक्सी उत्पादनले घरेलु हिंसा, समाजमा झै झगडा, स्वास्थ्यलाई असर र आर्थिक नोक्सानी हुने भन्दै त्यसलाई नियन्त्रण गर्न थालिएको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष भीमबहादुर सार्कीले जानकारी दिए ।टोलीले अहिलेसम्म झण्डै ५ हजार लिटर अवैध रक्सी जफत गरेर नष्ट गरेको वडा अध्यक्ष सार्कीले जानकारी दिए । ujyaaloonline.com
सम्बन्धित खबर
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा
लेखनाथ उद्योग वाणिज्य संघमा महानगरको कर सचेतना कार्यक्रम
पोखरा १५ मा तेस्रो रोपाइँ महोत्सव सम्पन्न, उत्कृष्ट चार फार्मलाई नगद पुरस्कारले सम्मान
पोखरा १५ मा क्षमता विकास सशक्तीकरण तथा स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
फेरिए दुःखका दिन : गाउँ पुग्न बाटो बन्यो, खोला तर्न पुल
कुमामोतो नेपाली समाज जापानको अध्यक्षमा भट्टराई
यो पनि पढौँ
एसइईकी कान्छी टपर पोखराकी एञ्जिला
पोखरामा बसमा सवार महिलाको घाँटिबाट सिक्री चोरेर फरार भएका २ जना काठमाडौंबाट पक्राउ
तनहुँको अम्रेनीमा रोकिराखेको ट्रकमा ठोक्किँदा स्कूटर चालकको मृत्यु, एक घाइते
आइतबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा