दाउराले हिर्काएर आफ्नै आमाद्धारा दुई महिने छोरीको हत्या

दाउराले हिर्काएर आफ्नै आमाद्धारा दुई महिने छोरीको हत्या

baby-death

गुल्मी : गुल्मीमा २ महिने शिशुको आफनै आमाले हत्या गरेकी छन्। गुल्मीको दरवार गाउँपालिका–४ की ३६ वर्षिया जमुना बिकले दूई महिनाकी छोरी बिष्नु बिकलाई दाउराले कन्चटमा हानी बिहिबार राती हत्या गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।

उनले यस अगाडी पनि पटक पटक छोरीको हत्याको प्रयास गरेको र उनलाई स्थानीयहरुले जोगाउदै आएको वडा अध्यक्ष खुमबहादुर पल्लीले बताए । जमुनालाई अहिले जिल्ला प्रहरी कार्यलय हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक रवीन्द्रबहादुर खडकाले जानकारी दिए । बच्चाको शबलाई पोष्टमाटमका लागि जिल्ला अस्पताल गुल्मीमा ल्याइएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ