‘स्याल हुइँया’ मच्चाउनेलाई ओलीले सोधे : ‘मेरो सरकार’ नभए कसको सरकार त ?

‘स्याल हुइँया’ मच्चाउनेलाई ओलीले सोधे : ‘मेरो सरकार’ नभए कसको सरकार त ?

KP-Oli-pm

काठमाडौं – प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओलीले ‘मेरो सरकार’ प्रकरणमा बुद्धिजीवीहरूले ‘स्याल हुइँया’ मचाएको आरोप लगाएका छन् ।शुक्रवार राजधानीमा आयोजित मदनआश्रित स्मृति सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रममा केही कमजोरी नभेटिएपछि ‘मेरो सरकार’ भन्यो भन्दै हिँडेको आरोप लगाएका हुन् ।

‘मेरो सरकार होइन भने कसको सरकार हो त रु’ ओलीले प्रश्न गरे, ‘राष्ट्रपतिले अर्कै सरकारको प्रतिवेदन पढ्ने हो र रु संसारभरि के गरिन्छ रु’ जनवर्गीय संगठन एकीकरणमा असन्तुष्टि जनाएकाहरूलाई प्रधानमन्त्री ओलीले चित्त सानो नपार्न सुझाव दिएका छन् ।

‘यतिबेला चित्त सानो पार्ने होइन, मन दुखाउने होइन,’ ओलीले भने, ‘यतिबेला फराकिलो मनका साथ एकता र एकीकरणको भावनालाई आत्मसाथ गर्ने हो । २ वटा पार्टीलाई एक बनाएका छौं र नछुट्टिने गरी अन्तर्घुलन गर्दैछौं । अरू साथीहरू क्रमशः समेटिँदै जानुहुनेछ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ