भतेरमा बासी खाना खाँदा पाल्पामा १०५ भन्दा बढी बिरामी, दुईको अबस्था गम्भीर

भतेरमा बासी खाना खाँदा पाल्पामा १०५ भन्दा बढी बिरामी, दुईको अबस्था गम्भीर

birami-1

file photo

तानसेन । पाल्पामा छिमेकीको भतेर खाँदा १०५ जना भन्दा बढी बिरमी भएका छन् । छिमेकीको घरमा १३ औं दिनको पुण्‍यतिथिका लागि भतेरको आयोजना गरिएको ठाँउमा खाना खाँदा तिनाउ गाउँपालिका ४ सत्यवतीका स्थानीयहरु बिरामी परेका हुन् ।

त्याहाँ खाना खाएका उनीहरू बुधबारदेखि बिरामी परेका हुन् । आफुहरुलाइ भतेरमा बासी भात खुवाएको उनीहरुको आरोप छ । तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरका अनुसार उनीहरुले दुई दिनअघिको बासी भात साथै मासु खाएका थिए ।

१०५ जना बिरामीमध्ये केहीको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ । बिरामी मध्ये दुईको अबस्था गम्भीर भएकाले उनीहरुलाइ आइसियुमा राखेर उपचार गरिँदै छ । अन्य बिरामीहरुलाई भने सामान्य उपचार पछि घर फर्काइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ