करेन्ट लागेर दुवै हात र एक खुट्टा गुमाएका कृष्णले हाले खुट्टा, रूपा यती धेरै खुसी (भिडियो सहित)

करेन्ट लागेर दुवै हात र एक खुट्टा गुमाएका कृष्णले हाले खुट्टा, रूपा यती धेरै खुसी (भिडियो सहित)

Krishna-Rupa

बुटवल । केही समय पहिले करेन्ट लागेर २ हात र १ खुट्टा गुमाएका रुकुमका कृष्ण ओलीको खुट्टा हाल्न सफल भएका छन् । आज भन्दा १ वर्ष पहिले कृष्ण ओली विद्युतको काम गर्ने क्रममा करेन्ट लागेर त्यो दुर्घटना भएको थियो । विद्युतको काम गर्ने बेला करेन्ट लागेर ओलीले दुवै हात र एक खुट्टा गुमाउनु परेको थियो । कृष्ण ओलीको उपचारको लागी देश बिदेशमा रहेका धेरै भन्दा धेरै सहयोगी मनहरूका कारणले नै कृष्णले फेरी दुवै खुट्टाले यस धर्तीमा टेक्ने मौका पाएका छन् ।

पश्चिम नेपाल रुकुमका कृष्ण वलि सँग शुरुमा केहि महिनाअघिसम्म दुख र पिडा बाहेक केहि थिएन । जिबनमा दुखले गाजिसकेको थियो । उनको देबिजस्ती श्रीमतीको माया र साथले अहिले कृष्णले एउटा नयाँ जिबन पाएका छन भन्दा फरक नपर्ला। श्रीमतीको साथ् र परिवारको साथ् भए पनि आर्थिक अवाभामा आफ्नो करेन्ट लागेर गुमेका दुई हात र एक खुट्टा जोडिने कुरा सपना जस्तो सपनामै सिमित थियो । करेन्ट लागेर जसोतसो बाँचेका कृष्णको उपचारमा ७० लाख हाराहारी पहिले नै खर्च भई सकेको थियो, परिवारलाई ४५ लाख भन्दा माथिको ऋण थियो । छटपटी थियो, निदाउन सक्दैन थिए ।

यसैबीच कलाकार तथा भिजे शिशिर भण्डारी उनीहरुको घर पुगे। उनीहरुको पिडा र बेदनालाई क्यामेरामा कैद गरेर आफ्नो च्यानल मार्फत हालेका थिए। शिशिरको उक्त भिडियो हेरे पछी सारा नेपालीको मन छोयो र सबैले कृष्णको लागि सहयोग रकम छुट्याउन थाले । नयाँ नयना न्युज नेपाल नामको च्यानल बाट भिडियो प्रसारण भएको २ दिनमै ४ लाख सहयोग लिएर शिशिर फेरी कृष्णको घर गए । त्यसपछि कृष्णको जीवनमा आशाका नयाँ किरणहरु पलाए । त्यसपछि उनको घरमा मिडियाहरुको ओईरो लाग्न थाल्यो । सयोगीहरु उनकै घरमा आउन थाले । एक एक मिलेर सागर बन्दै गयो, शिशिरको भिडियो हेरेर रुदै फोन गर्दै कृष्णलाई सान्त्वना दिनेको ओईरो लाग्यो ।

हालसम्म शिशिरले ३४ लाख भन्दा माथिको रकम कृष्णलाई बुझाईसके । कृष्ण रुपाका अनुसार उनीहरुका लागि हालसम्म १ करोड ५० लाख भन्दा माथिको सहयोग आईसक्यो । ७० लाख भन्दा माथिको रकम अमेरिकाबाट आउँदैछ । यसैबिच कृष्णले खुट्टा हालेका छन् । सबैको चाहना छ, कृष्णलाई हात खुट्टामा हेर्ने, त्यो मध्ये एक चाहना पुरा भएको छ ।

sajhasanjal.com

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ