संविधान नसच्चिए सरकार छाडेर सडकमा उत्रन्छौं : उपेन्द्र यादव

संविधान नसच्चिए सरकार छाडेर सडकमा उत्रन्छौं : उपेन्द्र यादव

upendra-yadab

पोखरा । समाजवादी पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले संविधान संशोधन नभए आफ्नो पार्टी जुनसुकै बेला सडक संघर्षमा उत्रने बताएका छन् । आफूहरु सामेल हुँदा दुई तिहाइ पनि पुग्ने र संविधान संशोधनको बाटो पनि खुल्ने भएकाले सरकारमा गएको बताउँदै सहमति पूरा नभएर सडक आन्दोलनमा उत्रने बताएका हुन् ।

रकारमा सहभागी हुनु अघि भएको सहमति कार्यान्वयन गर्ने बेला आएको यादवले बताए । ‘आफूले गरेको वचन, हस्ताक्षर र प्रतिवद्धतामा जो कोही उभिनुपर्छ । उभिदैनन् भने जनताले के भन्ने त्यो पनि समय आउँदैछ,’ यादवले भने, ‘हामी सरकार समातिरहन गएका होइनौं, संविधान सच्याउन र पाएको अधिकारीलाई रक्षा गर्न गएका हौं ।’

संविधान संशोधन नभएर मुख्य बाटो नै सडक संघर्ष भएको उनको भनाइ थियो । ‘हामी संघर्षमै छौं । सरकारको भागिदारी पनि एउटा संघर्षकै बाटो हो । यसमा भ्रम नहोस्,’ उनले भने, ‘अबको हाम्रो यात्रा संसदीय र गैरसंसदीय पनि हुन सक्छ । सडक संघर्ष मात्रै पनि हुन सक्छ ।’

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ