कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको आरोपमा दुईजना पक्राउ

कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको आरोपमा दुईजना पक्राउ

arrest_

बुटवल– बुटवल प्रहरीले सार्वजनिक कार्यक्रममा पुरानो राष्ट्रिय गान बजाएको आरोपमा दुइ युवकलाई नियन्त्रणमा लिएको छ । शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रीतम केसी र रुपन्देहीका अध्यक्ष महेन्द्र विश्वकर्मा परानो राष्ट्रिय गान  ‘श्रीमान् गम्भीर नेपाली’बजाएको आरोपमा पक्राउ परेका हुन् ।

गत २८ वैशाखमा बुटवलको ट्राफिकचोकमा आयोजित एक भेलामा उनीहरूले  ‘श्रीमान् गम्भीर नेपाली‘ बजाइएका थिए । प्रहरीले उनीहरूलाई २९ वैशाखमा पक्राउ गरेर ‘अभद्र व्यवहार’को मुद्दा चलाइएको बुटवल प्रहरीले जनाएको छ ।

प्रहरी हिरासतमा रहेका प्रीतमले हिरासतमै अनसन सुरु गरेका छन् । उनको जीवन रक्षा दुवैजनाको २४ घन्टाभित्र रिहाइ गर्न माग गर्दै उनीहरूका परिवारजन र शाही युवा शक्ति नेपालले आन्दोलनको चेतावनी दिएका छन् ।

उनीहरूलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको भन्दै परेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले भने दुवैलाई अदालतमा उपस्थित गराउन आदेश दिएको छ । farakdhar.com

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ