चिर्पट प्रहार गरेर श्रीमतीको हत्या

चिर्पट प्रहार गरेर श्रीमतीको हत्या

death body

रामेछाप : लिखु तामाकोसी गाँउपालिका–३ मा श्रीमानले चिर्पट प्रहार गरेर श्रीमतीको हत्या गरेको छ। ५१ वर्षीय निरबहादुर दमाइले श्रीमती ५० वर्षीया धनकुमारी दमाईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरिक्षक शेख अदालतले जानकारी दिए।

बिहीबार दिउँसो ३ बजे आफ्नै घरको चुल्लोमा खाना पकाउन लागेको बेलामा अगेँना नजिकै रहेको उत्तिसको चिरुवा चिरपट दाउराले निधार र टाउकोमा प्रहार गरी हत्या गरेको बयानमा स्वीकारेको प्रहरीले जनाएको छ।

हत्याको अभियोग लागेका निरबहादुर दमाइलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान गरी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ