ओभर टेक गर्न खोज्दा गाडी ठोक्किएर एकको मृत्यु, ३० घाइते

ओभर टेक गर्न खोज्दा गाडी ठोक्किएर एकको मृत्यु, ३० घाइते

news

हेटौंडा । पूर्व–पश्चिम महेन्द्र राजमार्गको हेटौंडा–३, बसामाडीमा आज शनिबार दुईवटा बस एकापसमा ठोक्किएर दुर्घटना भएको छ । दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

काठमाडौंबाट जनकपुर जाँदै गरेको ना ७ ख ९३६ नम्बरको यात्रुबाहक बस र इलामको पशुपतिनगरबाट काठमाडौँ आउँदै गरेको ना ७ ख २०५७ नम्बरको अर्को यात्रुबाहक बस एकापसमा ठोक्किएर दुर्घटनामा परेको हो । दुर्घटनामा ना ७ ख २०५७ नम्बरको बसका चालक उदयपुर वरही गाउँपालिकाका ४० वर्षीय मानबहादुर मगरको मृत्यु भएको हो । उनको उपचारका क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको हो ।

आफ्नै साइडबाट गइरहेको बेला उनलाई विपरीत दिशाबाट उछिन्ने गरी आएको अर्को बसले ठक्कर दिएको प्रहरीले जनाएको छ । ठक्कर दिने बसका चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ