ड्युटी गर्दागर्दै बेहोस भएर ढलेका सैनिक जवानको मृत्यु

ड्युटी गर्दागर्दै बेहोस भएर ढलेका सैनिक जवानको मृत्यु

death_

वीरगञ्ज । बारामा कार्यरत एक नेपाली सेनाको मृत्यु भएको छ । पर्सा राष्ट्रिय निकुञ्ज श्री बारा दल गण आधाभारमा कार्यरत जवान २८ वर्षीय देवीराम जैसीको मृत्यु भएको हो ।

राति ड्युटी गरिरहेका बेला अचानक बेहोस भएर ढलेका जैसीको उपचारका लागि नारायणी अस्पताल वीरगञ्जतर्फ ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । जैसीको शव अहिले पोष्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा पर्सा राखिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ