काठमाडौं : महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल पछाडि बस्नेलाई पनि हेलमेट तत्कालै कार्यान्वयन नहुने जनाएको छ । महाशाखाले सोमबार सामाजिक सञ्जालको आफ्नो आधिकारिक पेजमा सूचना जारी गर्दै पछाडि बस्नेले पनि हेलमेट लाउनै पर्ने नियम तत्काल कार्यान्वयन नहुने उल्लेख गरेको हो ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को परिच्छेद ७ को दफा १३० को उपदफा २ बमोजिम ‘मोटरसाइकल तथा अन्य त्यस्तै दुई पांग्रे सवारी चलाउँदा चालकले तथा सो सवारीमा बस्ने मानिसले सुरक्षा टोप ९हेल्मेट० लगाउनुपर्छ भन्ने उल्लेख भएको छ’, महाशाखाले भनेको छ ।
महाशाखाले गुणस्तरीय हेल्मेट लाउन पनि अपिल गरेको छ। ‘उच्च गुणस्तरको हेल्मेटको प्रयोग भएमा दुर्घटनाबा हुने क्षति न्यून हुन सक्छ,’ सूचनामा भनिएको छ। महाशाखाले यो नियम तत्काल कार्यान्वयन नहुने पनि जनाएको छ । ‘यो नियम तत्काल कार्यान्वयन हुने नभई यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र अन्य सरोकारवाला निकायबीचको समन्वय र सहकार्य पश्चात कार्यान्वयन हुने व्यहोरा अनुरोध . . .
thahakhabar
सम्बन्धित खबर
मिठ्ठो पिरो क्यान्डी ‘रिमझिम बल’ आजको दिनमा पनि किन सान्दर्भिक छ ?
रविलाई पर्सा लगिँदै
राउटे समुदायलाई स्याङ्जामा आर्थिक सहयोग
गण्डकीका भौतिक मन्त्रीको निर्देशन : निर्माण अलपत्र पार्ने ठेकेदारलाई पत्र काट्नू
वालिङ्मा जिल्लाव्यापी अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता र साहित्यिक कार्यक्रम हुने
पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा लाइभ प्रस्तुति
यो पनि पढौँ
पोखराको नागढुंगामा सवारी दुर्घटना हुँदा एक युवकको मृत्यु
गण्डक न्यूजकी पुनम थापा मगर पत्रकार महासंघ कास्कीको सदस्यमा निर्विरोध
सुनचाँदीको मूल्य घट्यो
नेपाल पत्रकार महासंघ मनाङको अध्यक्षमा नविन लामिछाने सर्वसम्मत