१० लाख दिए प्रधानमन्त्री ओलीलाई मारिदिन्छु भन्दै सामाजिक सञ्‍जालमा टिप्पणी गर्ने तामाङ पक्राउ

१० लाख दिए प्रधानमन्त्री ओलीलाई मारिदिन्छु भन्दै सामाजिक सञ्‍जालमा टिप्पणी गर्ने तामाङ पक्राउ

arrest-pakrau

सांकेतिक तस्विर

काठमाडौं । दश लाख दिए प्रधानमन्त्री केपीशर्मा ओलीलाई मारिदिन्छु भनेर सामाजिक सञ्‍जालमा टिप्पणी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले सोमबार दिउँसो डिल्लीबजारबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक स्थायी घर भई डिल्लीबजारमा किराना पसल सञ्‍चालन गरिरहेका लालबहादुर तामाङ रहेको अपराध महाशाखाले जनाएको छ ।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि हमलाु भन्दै सामाजिक सञ्‍जालमा लेखेको स्टाटसमा दश लाख दिए प्रधानमन्त्री ओलीलाई मारिदिनेु भन्‍दै प्रतिक्रिया दिएका थिए । उनलाई साइबर अपराध मुद्दाअर्न्तगत कारबाही गरिने भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ