प्रहरीले १८ घन्टा पिछा गरेपछि १५ सय किलो मरिच भारत निकासी गर्न खोज्ने १ जना पक्राउ

प्रहरीले १८ घन्टा पिछा गरेपछि १५ सय किलो मरिच भारत निकासी गर्न खोज्ने १ जना पक्राउ

jail-akistani_

राजविराज : अवैद्य रुपमा भारत निकासी हुँदै गरको १ हजार ५ सय किलो मरिचसहित १ जनालाई सप्तरीमा प्रहरीले पक्राउ गरेको छ । सुनसरीबाट प्रवेश गरी सप्तरीको छिन्नमस्ता हुँदै भारत निकासी हुन लागेका मरिच हनुमाननगर कंकालिनी नगरपालिका(३ स्थित सरिफ रहमानको कवाडी पसलबाट नियन्त्रणमा लिइएको हो ।

मरिच बोकेको स १ ज ४४८ नम्बरको मिनि ट्रकका चालक सप्तरीको रुपनी गाउँपालिका(१ का भुपेन्द्र प्रसाद शर्मालाई प्रहरीले नियन्त्रण गरेको छ ।

प्रहरीले पिछा गरेको जानकारीपछि कवाडी पसलमा मरिच अनलोड गरेर भाग्ने क्रममा करिव १८ घन्टा पिछा गरेर गाडी र चालक नियन्त्रण गरिएको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । म

रिच, गाडी र चालकलाई आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालयमा बुझाउने तयारी भईरहेको   छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ