कांग्रेस सांसद सिंहको प्रश्न : ओली सरकारको समृद्धि बिचौलियाको लागि कि जनताको लागि ?

कांग्रेस सांसद सिंहको प्रश्न : ओली सरकारको समृद्धि बिचौलियाको लागि कि जनताको लागि ?

umaresh-kumar-shinhg

नेपाली कांग्रेसमा सांसद डा। अमरेशकुमार सिंहले अहिलेको सरकारको समृद्धि कस्को लागि हो भन्ने प्रश्न गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद सिंहले केपी शर्मा ओली नेतृत्वको सरकार समृद्धि विचौलियाको लागि होकी जनताको लागि भन्ने प्रश्न गरेका हुन् ।

सोमबार बसेको प्रतिनिधसभा बैठकमा सांसद सिंहले ऊखु किसानहरु मर्कामा परेको बताउँदै, बिचौलियाहरुले बाँकी रहेको भुक्तानी नगरेको स्मरण गरे । उहाँले भन्नुभयो, सरकारको नारा समृद्धि, सुशासन भएको भए पनि कस्को लागि हो भन्ने स्पष्ट नभएको आरोप लगाए ।

कसको लागि हो यो सरकारको समृद्धि रु दलाल बिचौलिया कि दलालको समृद्धिरु उनले भने। सिंहले सर्लाहीमा रहेका तीन चिनी मिलले किसानलाई गत वर्षकै ऊखुको बक्यौता नदिएको बताए । सांसद सिंहले भन्नुभयो सरकार यता आर्थिक समृद्धिको नारा लगाई रहेको छ, उता किसानहरु मारमा पर्ने र विचौलिया मोटाउने, किसानको उठीबास हुने भईरहेको छ, उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ