काठमाडौं । तत्कालीन नेपाल कम्युनिष्ट पार्र्टी ९एमाले०का महासचिव मदन भण्डारीको मृत्युमा आधारित चलचित्र ‘दासढुङ्गा’को दोस्रो भाग निर्माण हुने भएको छ । सन् २०१० मा निर्देशक मनोज पण्डितले ‘दासढुङ्गा’ निर्माण गरेका थिए । यद्यपि उक्त चलचित्र सुरुमा हल रिलिज गर्न दिइएको थिएन ।
‘दासढुङ्गा’को दोस्रो भागले उक्त दुर्घटनापछि त्यसले पारेको प्रत्यक्ष असरलाई उठाउने बताइएको छ । यसका लागि अनुसन्धान भइरहेको निर्माता अपिल विष्टले जानकारी दिए । कुमार भट्राईले निर्देशन गर्ने चलचित्रले राष्ट्रपति, प्रधानमन्त्री, राजनीति र दुर्घटनालाई केलाउने बताइएको छ । चलचित्रले दासढुङ्गा हत्या हो कि दुर्घटना रु भन्ने प्रश्नको जवाफ खोज्ने निर्माता विष्टले बताए ।
कास्ट एण्ड क्रु एक हप्तामा फाइनल हुने निर्माता विष्टले जानकारी दिए । चलचित्रमा केही कलाकार पहिलो भागकै हुने छन् भने केही नयाँ हुने विष्टको भनाइ छ । ‘दासढुङ्गा’मा दयाहाङ राई, सौगात मल्ल, अनुप बराल, संचिता लुइँटेल, विश्व बस्नेत, बिएस राणा, रामशरण पाठक लगायतको अभिनय थियो ।
यसैबीच निर्माण पक्षले चलचित्रको थिम पोस्टर पनि सार्वजनिक गरेको छ ।
सम्बन्धित खबर
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
पोखरा १५ जारी निःशुल्क दन्त शिविर सकियो, ४५४ जनाले गरे दन्त परीक्षण
पोखरा १५ जारी निःशुल्क दन्त शिविर, दोस्रो दिन १५० जनाको परीक्षण
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?