फेसबुकबाट बनेका साथीलाई भेट्न जाँदा बन्धक बनाएर लगतार ६ दिनसम्म बलात्कार गरेपछि…

फेसबुकबाट बनेका साथीलाई भेट्न जाँदा बन्धक बनाएर लगतार ६ दिनसम्म बलात्कार गरेपछि…

Rape

काठमाडौं । फेसबुक मार्फत साथी बनेर जनकपुरका एक युवकले ललितपुरकी एक किशोरीलाई बन्धक बनाएर बलात्कार गरेको रहस्य खुलेको छ ।जनकपुरधाम उपमहानगरपालिका वडा नं २ शिवचोक बस्ने अन्दाजी बर्ष २५ का उत्सव गुप्ताले ललितपुर जिल्ला सातदोबाटो बस्ने एक १५ बर्षिया किशोरीलाई ६ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको रहस्य बाहिरिएको हो ।

फेसबुक मार्फत नै उनीहरु सम्पर्कमा आएका थिएभने उत्सवले ती किशोरीलाई विभिन्न प्रलोभन दिएर आफ्नो बसमा ल्याएका थिए ।फेसबुक मार्फत नै उनीहरुबीच सम्पर्क भएपछि केही दिन अगाडी ती किशोरीलाई उत्सवले भेट्न बोलाएका थिए ।

भेटन आएपछि उनलाई आफ्नो मोटरसाईकलमा राखेर अपहरण गरी गुप्ताले आफ्नो कोठामा लगेर ६ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको महानगरीय प्रहरी वृत सातदोबाटो ललितपुरले जनाएको छ ।

किशोरी बेपत्ता भएपछि प्रहरीले खोजविन सुरु गरेका थिए । गुप्ताले प्रहरी खोज्न थालेको खबर पाएपछि युवतीलाई महालक्ष्मी स्थानमा लगेर छाडेपछि फारर रहेका छन् । गुप्ताको खोजी भइरहेको प्रहरीले जनाएको    छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ