सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टीका प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले पोखरामा भइरहेको अमेरिकी सेना र नेपाली सेनाको सैन्य अभ्यास रोक्नुपर्ने माग गरेका छन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेकपाका प्रमुख सचेतक गुरुङले नेपाली सेना र अमेरिकी सेनाको संयुक्त नेतृत्वमा विभिन्न १३ देशका सेनाको अभ्यास रोक्नुपर्ने माग गरेका हुन् । शून्य समयमा बोल्दै उनले देशको सामरिक सुरक्षाको विषयमा गभ्मीर हुनुपर्ने भन्दै परराष्ट्र र रक्षा मन्त्रालयले यो विषय सदनलाई जानकारी दिनुपर्ने माग गरेका हुन् ।
पोखरामा केही दिनदेखि १३ देशका सैनिक विपद् व्यवस्थापनबारे सैन्य तालिम गरिरहेका छन्। नेपाली सेना र युएस कमाण्ड एसिया प्यासिफिकको नेतृत्वमा उक्त सैन्य अभ्यास भइरहेको हो। यो सैन्य अभ्यासलाई लिएर चीन लगायतका देशले विरोध गरिरहेका छन्। अमेरिकाले विपद् व्यवस्थापनको नाममा सैन्य अभ्यास सञ्चालन गरेकोमा चीन लगायत शक्ति राष्ट्रले विरोध जनाइरहेका हुन् । उक्त सैन्य अभ्यासललाई लिएर नेकपाको उच्च तहबाटै सदनमा सरकारको जवाफ माग भएको हो ।
नेपाली र अमेरिकी सेनाको संयुक्त आयोजनामा जेठ ५ देखि १२ सम्म संयुक्त सैन्य अभ्यास
‘डिजास्टर रेस्पोन्स एक्सरसाईज एण्ड एक्सचेन्ज’(डिआरईई) नामाकरण दिइएको उक्त सैन्य अभ्यास नेपाली सेना र अमेरिकी सेनाको एसिया प्यासेफिक कमाण्डले संयुक्त रुपमा आयोजना गरेको हो । सैन्य अभ्यास जेठ ५ देखि १२ गतेसम्म पोखरामा आयोजना भएको हो ।
दुवै देशका सेनाको संयुक्त आयोजनामा दुई दर्जन मुलुक सहभागी सैन्य अभ्यास २०१२, १३ र १६ मा काठमाण्डुमा सम्पन्न भएको थियो । यसअघि भएको सैन्य अभ्यासमा अमेरिका, नेपालसहित श्रीलंका, माल्दिभ्स, इण्डोनेशिया, बंगलादेश र क्यानडालगायतका देश सहभागी भएका थिए
संयुक्त सैन्य अभ्यासबाट विपत व्यपस्थापनसम्बन्धी विभिन्न देशका घरेलु अनुभव र ज्ञान आदान–प्रदान हुने र त्यसबाट भविष्यमा आउन सक्ने सम्भावित विपतलाई कम गर्न सहयोग पुग्ने विश्वास नेपाली सेनाको छ ।
नेपाली सेनाले अमेरिका,भारत र चीनसंग संयुक्त सैन्य अभ्यास गर्दै आएको छ । पछिल्लो समय नेपाली सेना र अमेरिकी सेनाको स्पेशल फोर्सबीच ‘ व्यालेन्स नेल’ नामक संयुक्त सैन्य अभ्यास मुस्ताङमा सम्पन्न भएको थियो ।
सम्बन्धित खबर
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
टिकटकमार्फत ठगी गर्ने स्याङ्जाका युवक काठमाडौंबाट पक्राउ
पोखरामा मधुमेह दिवस मनाइयो
माडागस्करका सेनाको एक हिस्सा जेनजी प्रदर्शनकारीको पक्षमा लागेपछि राष्ट्रपति देश छाडेर भागे
गण्डकीमा आज कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा
पोखरा महानगरपालिका वडा नं १५ को सार्वजनिक सुनुवाइ सम्पन्न
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु