जनकपुर : सिरहामा एक महिलालाई घाँटी थिचेर हत्या भएको छ । सिरहाको कर्जन्हा नगरपालिका-११ बस्तीपुर बस्ने अन्दाजी बर्ष २९ की चन्देश्वर यादवकी श्रीमती रितुदेवी यादवलाई घाँटी थिचेर हत्या गरिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।
दिउँसो ३ बजे नै घटना भएपनि प्रहरीलाई भने ४ः३० बजेतर्फ मात्र जानकारी भएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी सुकदेव खनालले जानकारी दिए । घरकै सदस्यले रितुलाई आफ्नै घरमा मृत अवस्थामा देखेपछि छरछिमेकलाई जानकारी गराएको थियो ।
त्यसपछि स्थानीयहरुले पनि रितुलाई मृत अवस्थामा देखेपछि हल्ला मच्चिएको थियो । यता, उक्त घटनामा रितुका श्रीमान चन्देश्वर यादवलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार रितुको हत्यामा उनका श्रीमानको संलग्नता हुन सक्ने भएकोले अनुसन्धानको लागि मात्र तत्कालै नियन्त्रणमा राखिएको हो ।
स्थानीयवासीका अनुसार, रितुले छोरा नजन्माएको कारण उनलाई घाँटी थिचेर हत्या गरेको हुन सक्नेछ । रितुको एक छोरी मात्र रहेकी छन्। उनलाई छोरा नहुँदा परिवारिक तवरबाट विवाद हुँदै आएको थियो । मृतकको शवलाई पोष्टमार्टमको लागि लहान स्थित रामकुमार शारडा उमा प्रसाद स्मारक अस्पतालमा लगिएको छ भने यस घटनाबारे अनुसन्धान तीव्र पारिएको डिएसपी खनालले जानकारी दिए । nepallive
सम्बन्धित खबर
कुलमानलाई स्पष्टीकरण सोध्ने मन्त्रिपरिषदकाे निर्णय
सरकारले ल्याएका पाँच अध्यादेश प्रतिनिधिसभाबाट स्वीकृत
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
यो पनि पढौँ
अपडेटः लामेआहालमा भएको दुर्घटनामा मृतकको सनाखत, तीनै जना धादिङका
दरौंदी खोलामा ढुंगागिटी निकाल्दा बनेको रहमा डुबेर सिजलको मृत्यु
विद्यार्थीमाथि जातीय विभेद गर्ने उपप्राध्यापक डा. देवीलाल शर्मालाई कारबाही
पोखरामा यौन व्यवसाय सञ्चालन गर्ने ३ जना पक्राउ, ५ महिलाको उद्धार