बलात्कार आरोपमा पक्राउ परेका किशोर वीर अस्पतालबाट फरार

बलात्कार आरोपमा पक्राउ परेका किशोर वीर अस्पतालबाट फरार

kaidio farar

काठमाडौं : जबरजस्ती करणी आरोपमा पक्राउ परेका एक किशोर मेडिकल चेक जाँच गर्न लैजाँदा अस्पतालबाटै फरार भएका छन् । महानगरीय प्रहरी वृत महाराजगञ्जको हिरासतमा रहेका १६ वर्षीय किशोर पदम श्रेष्ठ मंगलबार वीर अस्पताल लगिएको थियो ।

जाँचका लागि वीर अस्पताल लगिएका उनी प्रहरीलाई छलेर भागेका हुन् । स्रोतका अनुसार उनीसहित २ जना १५ वर्षीय एक किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए। पक्राउ परेका अर्का व्यक्ति भने प्रहरी हिरासतमै छन् । फरार श्रेष्ठको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ